scheduleबिहिवार आश्विन ८ गते, २०७७

सुरक्षित अनलाइन गतिविधिका लागि यी हुन् पाँच उत्कृष्ट भीपीएन


एजेन्सी, १० जेठ । सबै मुलुकमा सबै किसिमका सामाजिक सञ्जाल प्लेटफर्मलाई सरकारले सञ्चालन हुन अनुमति दिएको छैन । यदि तपाई कुनै त्यस्तो पनि प्रतिबन्धित साइटहरु हेर्न चाहनुहुन्छ भने भीपीएनबाट तपाई सुरक्षित र गोप्यरुपमा त्यहाँसम्म पुग्न सक्नुहुन्छ । यदि तपाई यी प्रतिबन्धलाई तोडेर त्यस्ता साइटहरुभित्र छिर्न चाहनुहुन्छ भने उत्कृष्ट भीपीएन प्रयोग गर्नुहोस् ।

भीपीएनले कसरी तपाईको अनलाईलाई सुरक्षा दिन्छ ?

भीपीएनले तपाईका सम्पूर्ण इन्टरनेट ट्राफिकलाई आफ्नो सुरक्षित सर्भरबाट ओहोर दोहोर गर्न रुट प्रदान गर्छ ।

यसले तपाईको पहिचानलाई गोप्य राख्दछ । साथै तपाईले आफ्नो आईपीलाई विश्वको जुनसुकै कुनाको लोकेसन दिनसक्नुहुन्छ । भीपीएनले सम्पूर्ण डाटाहरुलाई इन्क्रिप्ट गर्दछ । यदि साईबर अपराधी वा ह्याकरले तपाईको डाटा ह्याक गर्न खोज्छ भने इन्क्रिप्टेड डाटामा उसले एक्सेस बनाउन सक्दैन । सार्वजनिक वाईफाई होस् वा टोरेन्टबाट डाउलोड गर्दैगर्दा होस् वा कुनै पनि प्रतिबन्धित साइट भिजिट गर्दा होस् भीपीएनले तपाईको अनलाइन क्रियाकलापलाई सुरक्षा प्रदान गर्छ ।

२०२० को लागि उत्कृष्ट पाँच भीपीएन

बजारमा सयौं भीपीएनहरु छन् । आफ्नो लागि उत्कृष्ट भीपीएन चयन गर्नु सजिलो काम होइन । आज हामी तपाईलाई २०२० का उत्कृष्ट पाँच भीपीएनहरुको नाम बताउँदैछौं जसलाई तपाईले प्रयोग गर्नसक्नुहुन्छ ।

१. प्राइभेट इन्टरनेट एक्सेस

यसमा अल्ट्रा फास्ट सर्भर छ । ४६ मुलुकमा यसको तीन हजारभन्दा धेरै सर्भरहरु छन् । यसले प्रयोगकर्ताको गतिविधिको रेकर्ड राख्दैन । यसमा अनलिमिटेड ब्याण्डविथ पाउन सकिन्छ । यसमा मिलिटरी ग्रेड सेक्युरिटी र इन्क्रिप्सन पाइन्छ । यसले ९.८ स्कोर पाएको छ ।

२. साइबर घोस्ट

भिडियो स्ट्रिमिङहरुका लागि यो डेडिकेटेड सर्भर हो । ९० मुलुकमा ५६ सयभन्दा धेरै यसका सर्भरहरु छन् । यसले पनि तपाईको गतिविधिको रेकर्ड राख्दैन । यसले हरेक क्षण सपोर्ट दिन्छ । यसमा पनि अनलिमिटेड ब्याण्डविथ पाउन सकिन्छ । यसले ९.१ स्कोर पाएको छ ।

३. नोर्ड भीपीएन

यसमा अनलिमिडेट पी टु पी वा टोरेन्टिङ पाउन सकिन्छ । यसलाई प्रयोग गर्न अघि तीस दिनसम्म परिक्षण गर्न सकिन्छ । यसको तत्काल सेटअप गर्न सकिन्छ र प्रयोग गर्न पनि यो सजिलो छ । यसले हरेक क्षण सेवाग्राहीलाई सपोर्ट दिन्छ । यसले ९.० स्कोर पाएको छ ।

४. जेन मेट

यो शक्तिशाली र प्रयोगकर्ता मैत्री छ । यसमा पर्याप्त सर्भर छ । यसले पाँचओटासम्म डिभाइसमा काम गर्न सक्छ । यसबाट पनि विभिन्न भिडियो स्ट्रिमिङ हेर्न सकिन्छ । यसमा धेरै प्रोटोकल र इन्क्रिप्सन अप्सनहरु रहेका छन् । यसले पनि हरेक क्षण सेवाग्राहीलाई सपोर्ट दिन्छ । यसले ८.९ स्कोर पाएको छ ।

५. सर्फसार्क

यसले ५० भन्दा धेरै मुलुकहरुलाई कनेक्ट गरेको छ । यसले नेटफ्लिक्स, बीबीसी आईप्लेयर, डिज्नी प्लस र अन्य धेरै साइटलाई अनलक गर्नसक्छ । यसबाट युजर लग र आईपी एड्रेस केही पनि लिक हुँदैन । यसमा अनलिमिटेड र अज्ञात पी टु पी वा टोरेन्टिङ रहेको छ । यसले ८.८ स्कोर पाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय