scheduleमगलवार जेष्ठ १३ गते, २०७७

भारतमा एकैदिन ६५६८ जना संक्रमित, अंग्रपंक्तिमा काम गर्नेलाई औषधि चलाउने निर्णय

नयाँ दिल्ली, १० जेठ । भारतमा कोरोना संक्रमितको संख्या बढ्ने रफ्तार तीव्र भएको छ । शुक्रबार एकैदिन सबैभन्दा बढी ६५६८ जना बिरामी बढेका छन् । अहिलेसम्म त्यहाँ १ लाख २५ हजारभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ ।

संक्रमण तीव्र भएपछि हाइड्रोक्सिक्लोरोक्विन (एचसीक्यू) औषधि चलाउन थालिएको छ र यसबाट राम्रो परिणाम आएको बताइएको छ ।

Dish_Home

अब केन्द्र सरकारले एचसीक्यूलाई उच्च जोखिमका क्षत्रेमा ड्यूटीमा खटिएका स्वास्थ्यकर्मी र अन्य अग्रपंक्तिमा काम गरिरहेका मानिसहरुलाई रोग निरोधकको रुपमा यसको प्रयोग गर्ने भएको छ ।

राष्ट्रिय कार्यदलले एचसीक्यू ट्याबलेट प्रयोग गरेका स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम कम रहेको पाएपछि उक्त औषधि चलाउन लागेको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय