scheduleसोमवार जेष्ठ १२ गते, २०७७

भारतमा १०० वर्षीया वृद्धाले जितिन कोरोनालाई


नयाँ दिल्ली, १० जेठ । भारतको मध्यप्रदेशमा अवस्थित इन्दौरमा एक १०० वर्षीया वृद्धाले कोरोनालाई जितेकी छिन् ।

चन्दा बाई नामकी ती वृद्धा विहीबार अरिबन्दो अस्पतालबाट घर फर्किएकी हुन् । उनलाई छिमेकीहरुले हार्दिकतापूर्वक स्वागत गरेका छन् ।

चन्दा बाईको परिवारमा ६ जना संक्रमित भएका थिए । तीमध्ये ५ जना निको भइसकेका छन् ।

Dish_Home

भारतमा कोरोना संक्रमितको संख्या बढ्ने रफ्तार तीव्र भएको छ । शुक्रबार एकैदिन सबैभन्दा बढी ६५६८ जना बिरामी बढेका छन् । अहिलेसम्म त्यहाँ १ लाख २५ हजारभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ ।

संक्रमण तीव्र भएपछि हाइड्रोक्सिक्लोरोक्विन (एचसीक्यू) औषधि चलाउन थालिएको छ र यसबाट राम्रो परिणाम आएको बताइएको छ ।

अब केन्द्र सरकारले एचसीक्यूलाई उच्च जोखिमका क्षत्रेमा ड्यूटीमा खटिएका स्वास्थ्यकर्मी र अन्य अग्रपंक्तिमा काम गरिरहेका मानिसहरुलाई रोग निरोधकको रुपमा यसको प्रयोग गर्ने भएको छ ।

राष्ट्रिय कार्यदलले एचसीक्यू ट्याबलेट प्रयोग गरेका स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम कम रहेको पाएपछि उक्त औषधि चलाउन लागेको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय