scheduleआइतवार जेष्ठ १८ गते, २०७७

चर्चको शरणमा ट्रम्प, अमेरिकालाई प्रार्थना जरुरी रहेको भन्दै चर्च खोल्ने घोषणा

काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो विभिन्न बयानका कारण चर्चामा रहन्छन् । उनले पछिल्लो समय अमेरिकालाई प्रार्थना जरुरी रहेको भन्दै चर्चहरु खोल्नुपर्ने बताएका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको तर्क गरे । ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन,’ उनले भने ।

Dish_Home

शुरुमा लकडाउनको विरोधमा रहेका ट्रम्प मानवीय क्षतिले रेकर्ड बनाउन थालेपछि लकडाउनका लागि तयार भएका थिए । त्यति नै बेला कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको थियो ।

शनिबार बिहानसम्म अमेरिकामा कोरोनाबाट १६ लाख बढी संक्रमित छन् भने ९५ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग भएको अधिकार प्रयोग गर्दै आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन् । उदाहरणका लागि उनले प्रान्तलाई प्राप्त हुने सहायता कटौती गर्ने लगायतका धम्की दिएर गभर्नरलाई सहमत गराउन सक्छन् ।

यद्यपि, अहिलेसम्म ट्रम्पले धम्कीको हतियार प्रयोग गरिसकेका छैनन् । राष्ट्रपति चुनाव नजिकिएकोले आफूलाई पर्न सक्ने क्षति आंकलन गर्दै उनले यो अस्त्र प्रयोग नगरिएको तर्क गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय