scheduleसोमवार जेष्ठ १२ गते, २०७७

बर्लिन ‘डर्वी’मा हर्था बर्लिनको फराकिलो जित

एजेन्सी, १० जेठ । जर्मन बुन्डेस लिगाको बर्लिन ‘डर्वी’ मा हर्था बर्लिनले फराकिलो जित दर्ता गरेको छ । शुक्रबार राति बर्लिनको घरेलु मैदानमा आयोजित खेलमा हर्था बर्लिनले युनियन बर्लिनमाथि ४–० को फराकिलो जित निकालेको हो ।

हर्था बर्लिनको जितमा भिडाड इविसेविक, डुडी लुकेबाकियो, म्याथ्युज कुन्हा र डेडरेक बोयाटाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । युनियन बर्लिनले घरेलु टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर पनि दोस्रो हाफमा चारै गोल सम्भव भयो ।

Dish_Home

खेलको ५१औं मिनेटमा मार्भिन प्लाटेनहार्डको पासमा भिडाडले गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै ५२औं मिनेटमा डुडीले गोल गर्दै हर्थालाई २–० को अग्रता दिलाए । ९ मिनेटपछि म्याथ्युजले भिडाडको पासलाई अर्को गोलमा रुपान्तरण गरे ।

७७औं मिनेटमा डेडरेकले गोल गर्दै हर्था बर्लिनलाई ४–० को फराकिलो जित दिलाए । घरेलु टोलीमाथि युनियन बर्लिनको केही उत्कृष्ट गोल प्रयासहरु सफल हुन सकेन ।

जितसँगै हर्था बर्लिन २७ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित हर्था बर्लिन समान खेलबाटै ३० अंक जोडेर १२औं स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय