scheduleमगलवार आश्विन १३ गते, २०७७

३२ नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं, १० जेठ । नेपालमा नयाँ ३२ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार बिहान जारी विज्ञप्तिका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका नमूनामध्ये २३ जनामा कोरोना पोजेटिभ भेटिएको छ । जसमध्ये कपिलवस्तुको वाणगंगा नपामा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला गरी ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०< २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुषहरु गरी १३ जनामा कोरोना संक्रमण भेटिएको छ ।मन्त्रालयका अनुसार बाराको करैयामाइ गाउँपालिकामा ३७ वर्षीया एक महिलामा र काठमाडौंमा ३५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा प्रारदेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ । उनीहरुको उमेर २०, २०, २४, २४, २७, ३०, ३० रहेको छ ।त्यस्तै भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर-६ का ५२ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय