scheduleमगलवार जेष्ठ १३ गते, २०७७

कोरोना संक्रमित जनप्रतिनिधि स्वास्थ्य कार्यकर्ता पनि


भक्तपुर, १० जेठ । भक्तपुरकी ४२ वर्षीया महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ सरकारले सार्वजनिक गरेको विवरणमा भक्तपुर नगरपालिका वडा नं ९ की महिला जनप्रतिनिधिलाई कोरोना भएको पुष्टि भएको हो ।

पछिल्लो पटक भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा कोरोना भाइरस संक्रमित नगरबासी भेटिएपछि भक्तपुर नगरपालिकाले पनि कोरोना परीक्षण गर्न थालेको थियो । त्यही अनुसार जनप्रतिधिहरुको पनि स्याब संकलन गरेको थियो । उनी स्वास्थ्य कार्यकर्ता पनि हुन् ।

उनी नगरपालिकाका सदस्य भएकाले सेवामा दिनरात खटिरहेकी थिइन् । यही क्रममा उनलाई कोरोना लागेको अनुमान गरिएको छ । हाल उनी बस्दै आएको स्थानलाई शिल गरिएको छ ।

Dish_Home

भक्तपुरमा भेटिएको यो चौथौ कोरोना संक्रमित हुन् । यसअघि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेल निवासी पुरुषमा कोरोना पुष्टि भएको थियो । यसअघि पुष्टि भएका दुई जनालाई शुक्रबार नै अस्पतालबाट उपचारपछि डिस्चार्ज गरीएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय