scheduleमगलवार आश्विन ६ गते, २०७७

आगामी जुनबाट क्रिकेट सुचारु गर्ने तयारीमा श्रीलंका

काठमाडौं, १० जेठ । श्रीलंकामा आगामी जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी भएको छ । श्रीलंका क्रिकेट बोर्डले जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी गरेको हो ।

श्रीलंकाका प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको बताएका छन् । प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ ।

कोरोना महामारीका कारण संसारभरका क्रिकेट खेलहरु प्रभावित भइरहेका छन् । भारतमा आयोजित हुने चर्चित आइपिएल पनि अहिले प्रभावित छ ।

कतिपय फुटबल लिगहरु सुरु भए पनि खेलाडीहरुले दर्शकबिना खेल्नुको कुनै मजा र अर्थ नहुने प्रतिक्रिया दिन थालेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय