scheduleशनिवार जेष्ठ १७ गते, २०७७

कबिलासीका संक्रमित काठमाडौं बस्ने, सर्लाहीमा संक्रमितको संख्या ३३ पुग्यो

एसपी यादव/सर्लाही, १० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ८:४० बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार सर्लाहीमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गरेको हो ।

सर्लाहीको सदरमुकाम मलङ्ग्वा देखि पश्चिम दक्षिण क्षेत्रमा पर्ने गोडैता नगरपालिकामा १२ जना र सदरमुकाम मलङ्ग्वा देखि उत्तरमा पर्ने कबिलासी नगरपालिकामा १ जना गरी जम्मा १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले जानकारी गराएका छन् ।

Dish_Home

पुष्टि भएका संक्रमितहरु मध्ये गोडैता नगरपालिकाका संक्रमितहरु रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिनअगाडी मात्र भारतबाट उनीहरु आफ्नो घर सर्लाहीस्थित गोडैता नगरपालिकामा आएका थिए । कबिलासी नगरपालिकामा पुष्टि भएका १ जना संक्रमित पहिल्यैदेखि नै काठमाडौंमै बस्दै आएको प्रजिअ जिसिले जनाए ।

गोडैता नपाका प्रमुख प्रशासकीय अधिकृत बिकाउ कुमार यादवका अनुसार उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र नपाको क्वारेन्टाइनमै राखिएको थियो । पर्याप्त विवरणसहितको पत्र कार्यालयमा हालसम्म प्राप्त नभएकोले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु कुनकुन वडाका हुन् भन्ने यकिनका साथ भन्न नसकिने अधिकृत यादवले जनाए । अधिकृत यादवका अनुसार, आज पुष्टि भएका थप १२ जना संक्रमितहरु बाहिरि व्यक्तिहरुको सम्पर्कमा नरहेकोले निजहरुको ट्रेस गर्न आवस्यक नरहेको बताए ।

प्रजिअ जिसिका अनुसार, संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र हाल उनीहरुलाई नपाको क्वारेन्टाइनमै राखिएको छ । जनकपुरको प्रादेशिक अस्पताल र बिरगंजको नारायणी अस्पतालमा रिक्त बेड नभएका कारणले थप उपचारका लागि कहाँ लाने भन्ने विषयमा छलफल भइरहएको बताए ।

यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर ३३ पुगेको छ । यसअघि सर्लाहीमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

नेपालमा काेरोना संक्रमितको संख्या बढेर ५४८ पुगेको छ । भने निको भएर घर फर्किनेको संख्या ७० रहेको छ । र मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय