scheduleमगलवार जेष्ठ २० गते, २०७७

२१ लाख ६० हजार कोरोना संक्रमित निको भए, यस्तो छ हटस्पट बनेका १० देशको अपडेट

वासिङ्गटन, १० जेठ । संसारमा अहिलेसम्म ५३ लाख ६ हजार १५८ मानिस कोरोनाबाट संक्रमित बनेका छन् । २१ लाख ६० हजार ३९ मानिस निको भएका छन् ।

मृतकको संख्या ३ लाख ४० हजार ४० पुगेको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अमेरिका महामारीको नयाँ एपिसेन्टर बनेको बताएको छ । यहाँ अहिलेसम्म ५ लाख ८० हजार संक्रमित भेटिएका छन् । जबकि २९ हजार ४४४ जनाको मृत्यू भइसकेको छ ।

Dish_Home

ब्राजिलमा २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ बितेको २४ घण्टामा १००१ जनाको मृत्यू भएको छ ।

संक्रमणको सवालमा यो अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश हो । यहाँ कुल ३ लाख ३२ हजार २८२ जनालाई संक्रमण भेटिएको छ । जबकि २१ हजारभन्दा बढीको मृत्यू भइसकेको छ ।

कोरोना भाइरस : १० सबैभन्दा बढी प्रभावित देश

देश संक्रमितको संख्या मृतक निको हुनेको संख्या
अमेरिका १६,४५,०९४ ९७,६४७ ४,०३,२०१
ब्राजिल ३,३२,३८३ २१,११६ १,३५,४३०
रूस ३,२६,४४८ ३,२४९ ९९,८२५
स्पेन २,८१,९०४ २८,६२८ १,९६,९५८
ब्रिटेन २,५४,१९५ ३६,३९३ उपलब्ध छैन
इटली २,२८,६५८ ३२,६१६ १,३६,७२०
फ्रान्स १,८२,२१९ २८,२८९ ६४,२०९
जर्मनी १,७९,७१३ ८,३५२ १,५९,०००
टर्की १,५४,५०० ४,२७६ १,१६,१११
ईरान १,३१,६५२ ७,३००० १०२,२७६

यो तथ्यांक https://www.worldometers.info/coronavirus/ बाट लिइएको हो । 

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय