scheduleसोमवार जेष्ठ १२ गते, २०७७

अमेरिकामा एकैदिन १२६० जनाको मृत्यू, ट्रम्पको औषधि हानीकारकः अनुसन्धान

वासिङ्गटन, १० जेठ । अमेरिकामा पछिल्लो २४ घण्टामा १२६० जनाको मृत्यू भएको छ । एकैदिन यहाँ २४ हजार १९७ जना संक्रमित पनि भेटिएका छन् ।

योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ९७ हजार ६४७ पुगेको छ । अमेरिकामा मात्र अहिले १६ लाख ४५ हजार ९४ जना संक्रमित छन् ।

Dish_Home

अमेरिकामा अहिलेसम्म ४ लाख ३ हजार २०१ जना निको भएर घर फर्किसकेा छन् भने ११ लाख ४४ हजार २४६ जना उपचाररत छन् । यीमध्ये १७ हजार १०९ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबीच लेन्सेट जर्नलमा प्रकाशित एक अध्ययनको रिपोर्टमा कोरोना भाइरस संक्रमणको क्रममा हाइड्रोक्सिक्लोरोक्विन वा क्लोरोक्विन जस्ता औषधिको कुनै फाइदा नभएको जनाइएको छ ।

यसको प्रयोगबाट ज्यान जाने जोखिम हुने रिपोर्टमा उल्लेख गरिएको छ । सामान्यतः यो औषधिको प्रयोग आर्थराइटिसका लागि गरिन्छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पनि सोही औषधि प्रयोग गरिरहेको बताएका थिए । यसपछि उक्त औषधिको फाइदा बेफाइदाबारे बहस सुरु भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय