scheduleबुधवार जेष्ठ १४ गते, २०७७

कपिलवस्तुका नयाँ संक्रमित वडा अध्यक्ष र पत्रकार

कपिलबस्तु, १० जेठ । कपिलवस्तुका नयाँ संक्रमितमध्ये १ जना पत्रकार र अर्का एक जना वडा अध्यक्ष रहेको खुलेको छ । अरु ६ जना संक्रमित भारतको मुम्बईबाट आएका थिए ।

कपिलवस्तुमा शनिवार एकैदिन ८ जनामा संक्रमण पुष्‍टि भएको छ । राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणमा आठजनामा संक्रमण देखिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द नेपालीले बताए ।

Dish_Home

बाणगंगा नगरपालिकाका ४० वर्षीय वडाध्यक्ष । बाणगंगा ६ की २७ वर्षीया एक पत्रकार महिलामा कोरोना संक्रमण पुष्‍टि भएको उनले जानकारी दिए। यसअघि हिजो पनि कपिलवस्तुमा एकजना पत्रकारमा संक्रमण पुष्‍टि भएको थियो।

अन्य संक्रमितमा बाणगंगा ८ का २९ वर्षीय, ३ का १९ वर्षीय, ११ ४२ वर्षीय र १० का ३५ वर्षीय पुरुष छन्। त्यस्तै बुद्धभूमि नगरपालिका वडा नम्बर ४ की १७ वर्षीय किशोरी र ४ कै २२ पुरुष रहेका छन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय