scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोमविसापले पठायो बजेटका लागि विस्तृत सुझाव (पूर्णपाठसहित)

काठमाडौं, १० जेठ । विभिन्न क्षेत्रका बौद्धिकहरु र राजनीतिज्ञ सम्मिलित कोराना महाव्याधी विरुद्ध सार्वजनिक पहल (कोमविसाप)ले आर्थिक वर्ष २०७७/७८ को बजेटको लागि सुझावहरुसहितको पोलिसी मेमो राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्री मार्फत् सरकारालाई बुझाएको छ ।

हालै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको समीक्षा गर्दै जेठ १५ गते प्रस्तुत गर्ने बजेटको लागि संक्षिप्त सुझाव कोमविसापले प्रस्तुत गरेको हो ।

Dish_Home

कोमविसापले सुझावपत्रमा भनेको छ, ‘सरकारले जारी गरेको यस आर्थिक वर्षको नीति तथा कार्यक्रमले कोरोना महाव्याधीले पारिरहेको असर र विभिन्न परिदृश्यमा पार्न सक्ने बहुआयामिक प्रभावका बारेमा आवश्यक संवेदनशीलता नदेखाइएको पाइएको छ । तर, कोरोना भाइरसका कारण एशियाली मुलुकहरुमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति हुने देशमा नेपाल पनि पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । तसर्थ, बजेटले मानवीय संकटको यस घडीमा नागरिकहरुको ज्यान जोगाउने, जोखिममा रहेका नागरिकहरुको न्यूनतम जीविकोपार्जनलाई यथोचित सम्बोधन गर्ने र व्याप्त निराशाको वातावरणमा आशा भर्न सक्ने रोजगारी-केन्द्रित कार्यक्रम ल्याउनैपर्छ ।’

यस पहलले २०७६ चैत्र २७ गते सम्माननीय प्रधानमन्त्री तथा माननीय उपप्रधानमन्त्रीलाई कोरोना महाव्याधीको समयमा तत्कालै चाल्नुपर्ने कदमहरुको बारेमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव प्रस्तुत गरेको थियो । हालै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको समीक्षा गर्दै जेठ १५ गते प्रस्तुत गर्ने बजेटको लागि संक्षिप्त सुझाव प्रस्तुत गरेको हो ।

हेर्नुहोस् सुझावको पूर्णपाठ-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय