scheduleशनिवार जेष्ठ १७ गते, २०७७

आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, कूल संख्या ५८४

काठमाडौं, १० जेठ । आज नेपालमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकेका २७ जनामा, बैतडीमा ४ जनामा, झापा र बर्दियामा एक/एक जनामा कोभिड-१९ को संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले जानकारी दिए ।

Dish_Home

सुर्खेत जिल्लामा पनि पहिलो पटक संक्रमण देखिएको छ । त्यहाँ दुईजना पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या ५८४ पुगेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय