scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

शुक्रबार चीनमा कुनै संक्रमित भेटिएनन्, केवल १ सय ११ संक्रमित अस्पतालमा


बेइजिङ, १० जेठ । चीनमा कोरोना कहर सुरुभएपछि पहिलोपटक शुक्रबार देशभर कुनै पनि संक्रमण देखिएन । गत वर्षको डिसेम्बरमा कोरोना भाइरसको संक्रमण चीनबाटै सुरु भएको थियो । पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण नदेखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनबाट सुरु भएको कोरोना महामारी अहिले संसारभर फैलिएको छ । यसबाट लाखौं मानिस संक्रमित भएका छन् भने संसारका सयौं देशहरुमा कोरोना नियन्त्रण गर्न लकडाउन गरिएको पनि महिनौं बित्न लागिसकेको छ ।

यद्यपि, कोरोनाको मुहान मानिएको चीनमा भने यो नियन्त्रणमा आएको छ । चीनमा भने मार्चबाट भने संक्रमण तीव्ररुपमा घट्दै आएको थियो । त्यहाँ बाहिरबाट आएका व्यक्तिमा भने संक्रमण बढिरहेको छ ।

Dish_Home

संक्रमण घटेपनि चीनले करोडौं मानिसहरुमा परीक्षण भने जारी राखेको छ । वुहानका मात्र एक करोड १० लाख व्यक्तिको परीक्षण भइरहेको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।

शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ८१ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ७९ हजार ३ सय ३२ जना निको भएका छन् । संक्रमण पुष्टि भएकामध्ये एक सय ११ जना मात्रै अस्पतालमा उपचाररत रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय