scheduleसोमवार जेष्ठ १२ गते, २०७७

सीमामा भारतले सडक बनाएपछि चिनियाँ जनमुक्ति सेनाले रोके, लद्दाख आसपास तनाव बढ्यो

फाइल फोटो

काठमाडौं, १० जेठ । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)माथि चलिरहेको विवाद चर्किएको छ । लद्दाखमा चीन र भारतबीच तीन स्थानमा विवाद छ । गालवन नाला, डेमचोक, दौलत बेग र पैंगोंग त्सो झीलमा विवाद चर्किइरहेको छ ।

लिपुलेकमा भारतीय अतिक्रमणविरुद्ध नेपाल सरकारले कदम चालिरहेको बेला नेपाली कदमविरुद्ध अभिव्यक्ति दिएका भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे शनिबार लद्दाख भ्रमणमा निस्किएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

गालवन नालामा चीन र भारतका ३/३ सय सैनिकहरु खटिएका छन् । भारतले आफ्नो भूमिमा अतिक्रमण गरेको चीनको बताएको छ । सीमामा दुवै पक्षका सैन्य कमाण्डरबीच वार्ता चलिरहेको बताइएको छ ।

Dish_Home

विवाद चर्किँदै जाँदा दुवै देशले सीमा क्षेत्रमा सुरक्षाकर्मी बढाएका छन् । वार्ताहरु परिणाममुखी नभएको दुवै पक्षका सैन्य कमाण्डरहरुले प्रतिक्रिया दिएका छन् ।

भारतको सीमामा जोडिएका धेरै मुलुकहरुमा सीमा विवाद छ । भारतले आफ्नो अतिक्रमणकारी चरित्र देखाएका कारण विवाद बढ्ने गरेको अन्य मुलुकहरुको प्रतिक्रिया रहँदै आएको छ ।

चीनले आफ्नो भूमि दावी गरिरहेको पैगोंसको त्सो झील आसपास भारतले सडक निर्माण गरेपछि विवाद सुरु भएको छ । भारतले सडक बनाउन सुरु गर्नासाथ चीनले आपत्ति जनाएको थियो । चीनले उक्त क्षेत्रमा सैन्य शक्ति पनि बढाएर भारतलाई निर्माण कार्य रोक्न दबाव दिएको थियो ।

चीनको जनमुक्ति सेनाले भारतीय सेनाको कामप्रति आपत्ति जनाउँदै रोकेको हो । भारतले त्यहाँ पनि नेपाललाई जस्तै जवाफ दिएको छ । उसले आफ्नै भूमिमा सडक बनाएको दावी गर्दै आएको छ । तर, चिनियाँ जनमुक्ति सेनाले भारतीय दावीलाई चुनौती दिँदै काम नै रोकिदिएका हुन् । अहिले दुवै पक्षले विवादित क्षेत्रमा सैन्य शक्ति बढाएका छन् ।

यी क्षेत्रमा विभिन्न समयमा सामान्य झडप पनि भइसकेका छन् । ५ मेमा पूर्वी लद्दाखको पैगोंग झिलमा साँझपख भारतको सडक बिस्तारको कामलाई चिनियाँ जनमुक्ति सेनाले रोक्दा सामान्य झडप भएको थियो । पछि कुराकानीपछि दुवै पक्ष पछि हटेका थिए ।

त्यस्तै, ९ मेमा पनि नाकू ला सेक्टरमा झडपको अवस्था बनेको थियो । गस्तीको क्रममा भएको झडपमा १० जना सैनिक घाइते भएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय