scheduleसोमवार जेष्ठ १२ गते, २०७७

नेपाल प्रवेशको अनुमति नपाउँदा सीमापारीको क्वारेन्टाइनमै मृत्यु

भैरहवा, १० जेठ । लकडाउनका कारण नेपाल प्रवेशको अनुमति नपाउँदा सीमापारीको क्वारेन्टाइनमै एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका स्याङजा हरिनाथ नगरपालिका-२ चिसापानीका ३२ वर्षीय देव बहादुर थापाको शनिबार मृत्यु भएको हो ।

भारतको अलिगढबाट केही दिन पैदल हिँडेर नेपाल फर्किने आशामा सीमामा पुगेका उनलाई नेपाल प्रवेश अनुमति नहुँदा  सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो ।

Dish_Home

भारत नौतनवाका एसडिएम जसधिर सिंहका अनुसार थापाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि महाराजगंज अस्पतालमा उपचार पश्चात शुक्रबार साँझ पुनः क्वारेन्टाइनमा ल्याइएपछि उनको मृत्यु भएको हो ।

उक्त क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेको बताइएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय