scheduleमगलवार जेष्ठ २० गते, २०७७

४१ जिल्ला फैलियो कोरोना, कुन जिल्लामा कति ? (पूर्ण विवरणसहित)

काठमाडौं, १० जेठ ।  नेपालका ७७ जिल्ला मध्य कोरोना संक्रमण ४१ जिल्लामा फैलिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोराना संक्रमण ४१ जिल्लामा फैलिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्ला समय नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको बताए । प्रवक्ता देवकोटाले पिसीआर विधिबाट ४५ हजार ९ सय ५७ र आरडिटी विधिबाट ८६ हजार २ सय ३५ परिक्षण गरिएको जानकारी दिए । प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ९४ र आरडिटी विधिबाट ४ हजार १ सय १९ परिक्षण गरिएको बताए ।

Dish_Home

प्रवक्ता डा.देवकोटाले प्रदेश १ मा आरडीटी विधिबाट १० हजार १ सय ६९, प्रदेश २ मा ६ हजार ३ सय ८, बागमती प्रदेशमा २१ हजार ७ सय १२, गण्डिकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश पाँचमा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सूदुरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ गरी ८६ हजार २ सय ३५परिक्षण गरिएको जानकारी दिए ।

हेर्नुहोस् जिल्लाहरुमा कोरोना संक्रमणको अवस्था-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय