scheduleसोमवार जेष्ठ १२ गते, २०७७

ट्रम्पले सिफारिस गरेको मलेरियाको औषधिले मृत्युको जोखिम बढाउने तथ्य पत्ता लाग्यो

एजेन्सी, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको जोखिम कम गर्न भन्दै सिफारिस गरेको मलेरियाको औषधिले मृत्युको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ ।

विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययन अनुसार हाइड्रोक्सी क्लोरो क्विन नामक औषधि खाँदा कोरोना सङ्क्रमितलाई उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लागेको हो । चिकित्सकले यो औषधि नखान चेतावनी दिए पनि कोरोनाको जोखिम नियन्त्रणमा हाइड्रोक्सी क्लोरो क्विन उपयोगी हुने दाबी गर्दै ट्रम्पले आफैले औषधि खाइरहेको खुलासा गरेका थिए ।

Dish_Home

वैज्ञानिकहरुका अनुसार हाइड्रोक्सी क्लोरो क्विन औषधि मलेरियाका बिरामीका लागि उपयोगी छ भने लुपुसका केही समस्यामा पनि लाभदायक रहेको छ । तर कोरोना सङ्क्रमितका लागि यो औषधिले फाइदा पुर्‍याउने कुनै अनुसन्धानले देखाएको छैन ।

लान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा कोरोना संक्रमितलाई मलेरियाको औषधिबाट फाइदा नभएको बरु यसले उल्टो मृत्युको जोखिम बढाउने पाइएको उल्लेख छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय