scheduleशनिवार आश्विन १० गते, २०७७

विश्वका २१ लाख ५० हजारभन्दा बढी मानिस कोरोनामुक्त

काठमाडाैं, १० जेठ ।  विश्वभर २१ लाख ५० हजारभन्दा बढी मानिस कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वका २ सय १३ मुलुक र २ वटा पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित ५३ लाख १८ हजार सङ्क्रमितमध्ये २१ लाख ५० हजार भन्दा बढी सङ्क्रमणमुक्त भएका हुन् ।

गएको २४ घण्टामा ५ हजार २ सय ३५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण ३ लाख ४० हजार भन्दा धेरैको कोरोनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

एकै दिन १ लाख ७ हजार १ सय मा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसकै सङ्क्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४ सयको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय