scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

बाबुआमाको रिपोर्ट ‘पोजेटिभ’, छोराछोरीको भने ‘नेगेटिभ’

बारा, १० जेठ । कोरोना सङ्क्रमित बाराका सञ्चारकर्मीकी श्रीमतीमा पनि कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेका संक्रमितमध्ये करैयामाई गाउँपालिकाकी ३७ वर्षिया महिला गत जेठ चार गते सङ्क्रमण पुष्टि भएका पत्रकारकी श्रीमती रहेको  प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।

श्रीमान श्रीमती नै सङ्क्रमित भए पनि उनीहरुका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको अर्थात उनीहरुमा कोरोना नपाइएको उनले जानकारी दिए । सङ्क्रमित महिलालाई कलैया अस्पतालको आईसोलेसनमा राखि उपचार थालिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय