scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

विशेष रेललाई केही समय रोक्न पश्चिम बङ्गाल सरकारको आग्रह

फाइल फोटो

कलकत्ता, १० जेठ । चक्रवात आँधी अम्फानको कारण प्रभावित पश्चिम बङ्गालले राज्यमा विशेष रेलहरूको सञ्चालनलाई केही समय रोक्न आग्रह गरेको छ ।

राज्य सरकारले चक्रवात अम्फानको कारण जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा सम्लग्न भएकोले यसले केही दिनको लागि विशेष रेलहरूमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न कठिनाई हुने भन्दै शनिबार पश्चिम बङ्गालले भारतको संघीय रेल मन्त्रालयलाई पत्राचार गरी उक्त आग्रह गरेको हो ।

‘तपाईंलाई थाहा छ, पश्चिम बङ्गालले मे २० र मे २१ मा ठूलो आँधी अम्फानले गम्भीर असर पारेको छ । त्यसले पूर्वाधारलाई ठूलो क्षति  पुर्‍याएको छ । जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा संलग्न भएकोले विशेष रेल र तीनमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न सम्भव छैन ।’

Dish_Home

‘केही दिन अर्थात् मे २६ सम्म राज्यमा कुनै रेल नपठाउन अनुरोध गरिएको छ,’ पश्चिम बङ्गालका मुख्य सचिव राजीव सिन्हाले भारतीय रेलवे बोर्डका अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ ।

‘तपाईसँग यसअघि मे २० मा छलफल गरी विशेष रेल पठाउने प्रस्तावलाई केही पर सार्ने निर्णय राज्य सरकारले गरेको छ । त्यसैले केही दिन विशेष रेललाई नपठाइदिनुहुन आग्रह गरिन्छ,.’ पत्रमा भनिएको छ ।

पश्चिम बङ्गालमा चक्रवातको कारण कम्तिमा ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीका कारण मृत्यु हुनेको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत का साथै घाइतेलाई प्रतिव्यक्ति ५० हजार बराबरको रकम सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

उनले आँधी प्रभावित पश्चिम बङ्गाललाई एकमुष्ठ एक खर्ब भारतीय रूपैँयाको राहत प्याकेजको पनि घोषणा गरेका छन् । एएनआई

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय