scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कीर्तिपुरमा आरडिटीमा पोजेटिभ देखिएका सबैको पिसिआर नेगेटिभ

 

काठमाडाैं, १० जेठ ।  कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीमा पोजेटिभ देखिएका नौ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

Dish_Home

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर विधिबाट परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिईन्। उनका अनुसार नगरपालिकामा यही जेठ ४, ५ र ६ गते गरिएको कोरोना परीक्षणमा चार सफाइ मजदूर एव पाँच जनप्रतिनिधि तथा कर्मचारीको रिपोर्ट पोजेटिभ देखिए पनि नमूना परीक्षणका लागि टेकु पठाइएको थियो ।

रिपोर्ट पोजेटिभ देखिए पनि त्रिभुवन विश्वविद्यालय र राराहिलको क्वारेन्टिनमा राखिएका उनीहरुलाई घर पठाइएको प्रवक्ता रिजालले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय