scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

बाणगङ्गामा सङ्क्रमित बढ्दै

कपिलवस्तु, १० जेठ । बाणगङ्गा नगरपालिकामा आठ कोरोना सङ्क्रमित थप भएका छन् । नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी सङ्क्रमित रहेका छन् । अहिलेसम्म १४ जना पुगेका छन् । नगरपालिकामा अहिलेसम्म आइसोलेशन वार्ड नहुँदा सङ्क्रतिलाई व्यवस्थापन गर्न कठिनाइ भएको छ ।
बाणगंगाका सङ्क्रमितलाई अहिलेसम्म क्वारेन्टाइनमै राखिएको नगर प्रमुख मङ्गलप्रसाद थारुले बताए । बाणगंगा नगर स्वास्थ्य प्रमुख ठगप्रसाद पौडेलले कोरोना सङ्क्रमितलाई सिद्धार्थ क्याम्पसमा बनाइएको छुट्टाछुट्टै क्वारेन्टिनमा राखिएको बताए ।
कपिलवस्तुमा आज पुष्टि भएका आठ कोरोना सङ्क्रमितमध्ये एक वडाध्यक्ष र एक महिला पत्रकार हुन्। मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ सङ्क्रमितमध्ये कपिलवस्तुका आठ छन् । यससँगै जिल्लामा कोरोना सङ्क्रमित ७७ जना पुगेको कपिलवस्तु जिल्ला अस्पातालका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । बाणगङ्गा नगरपालिकाका ४० वर्षीय वडाध्यक्ष र अर्का वाणगंगा ६ का २७ वर्षीय पत्रकार रहेको थापाले जानकारी दिए ।
बाणगंगा ३ का १९ वर्षीय, ८ का २५ वर्षीय, १० का ३५ वर्षीय र ११ का ४२ वर्षीय पुरुष एकएक छन् । बुद्धभूमि नगरपालिका ४ का १७ वर्षीया युवती एक र २२ वर्षीय पुरुष एक गरी दुई जना छन् ।
कपिलवस्तु नगरपालिका ३ तौलिहवाका २९ वर्षीय र वाणगंगा ११ का २४ वर्षीय पत्रकारमा संक्रमणको पुष्टि भएको थियो । यससँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट तीन पत्रकार पीडित भएका छन् । उनीहरुको यही जेठ ४ र ५ गते वाणगङ्गा नगरपालिका सिद्धार्थ क्याम्पस बुञ्चीबाट स्वाब संकलन गरिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय