scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

सर्लाहीका संक्रमितलाई सदरमुकाममा उपचार, यस्तो छ तयारी

एसपी यादव/सर्लाही, १० जेठ । सर्लाहीमा देखिएका कोरोना भारइस (कोभिड–१९) का संक्रमितहरुलाई सर्लाहीको सदरमुकाम मलङ्ग्वा उपचार गरिने भएको छ ।

संक्रमितहरुको उपचार हुने जनकपुरको प्रादेशिक अस्पताल र वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा ठाउँको अभाव भएकोले जिल्लामा नै ५० वेडको आइसोलेशन वार्ड निर्माण गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराएका छन् ।

Dish_Home

मलङ्ग्वा नगरपालिकाको वडा नं. २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा आइसोलेशन वार्ड निर्माण गरिएको प्रजिअ जिसीले बताए । रणशेर गणबाट आएका नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीसहितको टोलीले वार्ड निर्माण गरेका छन् ।

तत्काललाई ५० वेडको आइसोलेशन वार्ड निर्माण गरिएपनि आवश्यकताअनुसार यसलाई बढाउन सकिने प्रजिअ जिसिले जनाए । उनले भने, ‘संक्रमितलाइ पौष्टिक अहार, औषधि, व्यक्तिगत सुरक्षाका लागि आवश्यक सामग्री र खानाको व्यवस्था गरिएको छ ।’

प्रजिअ जिसी भन्छन्, ‘आइसोलेशन वार्ड निर्माण गर्नका लागि आइसियु र भेन्टिलेटरको आवश्यकता पर्दछ । तर ती उपकरणहरु यहाँ उपलब्ध नभएकोले यहाँ रोगको प्राथमिक चरणको लक्षण देखिने संक्रमितहरुलाई उपचार गर्नका लागि यस नर्सिङ्ग कलेजमा आइसोलेशन वार्ड बनाएका छौं । गम्भीर प्रकृतिका लक्षण देखिएका संक्रमितलाई थप उपचारका लागि बाहिर नै पठाउँछौं ।’

उनले भने, ‘जनकपुर र वीरगंजका अस्पतालमा रिक्त वेड नभएकोले त्यसको विकल्पको रुपमा यो आइसोलेशन वार्ड निर्माण गरिएको हो । अहिले संक्रमितलाई आइसोलेशन वार्डमा ल्याउनका लागि एम्बुलेन्स हिंडिसकेको छ ।’

कलेजमा अध्यनरत रहेका विद्यार्थीहरु चैत महिनामा नै घर गइसकेकाले छात्राबास खाली रहेको कलेज प्रशासनले जनाएको छ । प्रशासनिक भवनसँगै रहेको छात्रावासमा वार्ड निर्माण गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय