scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कोरोनाबाट बच्ने तालिम दिँदै नेपाली सेना


काठमाडौं, १० जेठ । कोरोना संक्रमण हुनबाट जोगिन नेपाली सेनाले तालिम दिएको छ । कोरोना भाइरसबाट आफु र अरुलाई बचाउन नेपाली सेनाले तालिम दिएको हो ।

सेनाले संक्रमितहरुको उपचार गर्न अग्रपत्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई उपयोगी हुने गरी तालिम दिइएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

कोराना भाइरसबाट आफु र अरुलाई बचाउन तालिममा हात धुने, पन्जा प्रयोग गर्ने र पीपीइको कसरी प्रयोग गर्ने भन्नेबारे नेपाली सेना र गैरसैनि सवास्थ्यकर्मीहरुलाई सिकाइएको नेपाली सेनाका महासेनानी डा.सुनिता पन्तले जानकारी दिइन् ।

Dish_Home

उनले यस्तो तालिमले कोभिड १९ मात्र नभई भविश्यका अन्य प्रकोपलाई समेत नियन्त्रणमा लिन सहयोग पुग्ने बताइन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय