scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

जहाँ पूर्व प्रधानमन्त्री नै भ्रष्टाचारको आरोपमा पक्राउ परे …

पोर्ट मोर्सबी, पपुवा न्यूगिनी, १० जेठ । पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी स्वदेश फर्किए लगत्तै पक्राउ गरिएको थियो । उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Dish_Home

एटेले भनेका छन्, ‘घटनामा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन् । उहाँलाई छानविनका लागि पक्राउ गरिएको हो ।’

पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गरेका छन् ।

ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ । उनलाई दुई हप्ता क्वारेन्टिनमा बस्न घर जानका लागि शनिबार नै रिहा गरिने बताए ।

लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट विदा लिएका थिए । उनलाई न्युगिनीको राजनीतिमा प्रतिभावान प्रसिद्ध राजनीतिज्ञका रूपमा हेर्ने गरिन्छ । एएफपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय