scheduleसोमवार आषाढ़ २९ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, एकैदिन १ हजार ३६ जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, ११ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन १ हजार ३६ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ९८ हजार ६८३ पुगेको छ ।

त्यस्तै शनिबार झण्डै २२ हजार संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १६ लाख ६६ हजारभन्दा बढी पुगेको छ ।

३ लाख ८२ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको जोखिम कम गर्न भन्दै सिफारिस गरेको मलेरियाको औषधिले मृत्युको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ ।

विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययन अनुसार हाइड्रोक्सी क्लोरो क्विन नामक औषधि खाँदा कोरोना सङ्क्रमितलाई उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लागेको हो । चिकित्सकले यो औषधि नखान चेतावनी दिए पनि कोरोनाको जोखिम नियन्त्रणमा हाइड्रोक्सी क्लोरो क्विन उपयोगी हुने दाबी गर्दै ट्रम्पले आफैले औषधि खाइरहेको खुलासा गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय