scheduleसोमवार आश्विन ५ गते, २०७७

मार्च महिनादेखि स्थगित रहेको ला लिगा जुन ८ बाट सुचारु हुने

काठमाडौँ, ११ जेठ । कोरोना भाइरसका कारण मार्च महिनादेखि स्थगित रहेको स्पेनिस ला लिगा फुटबल आगामी जुन ८ देखि सुरु हुने भएको छ । लामो समयको छलफलपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा जुन ८ बाट सुचारु हुने जानकारी दिएका हुन् ।

स्पेनलाई पुनः सामान्य अवस्थामा फिर्ता ल्याउन धेरै कुराको तयारी गर्नुपर्ने उनले बताएका छन् । उनले धेरै दिनका गतिबिधिहरु पुनः सुचारु गर्नुपर्ने उनले बताएका छन् ।

उनले भने, लामो समयदेखि स्थगित रहेको ला लिगा जुन ८ बाट सुचारु हुन्छ ।

स्पेनमा अझै पुर्ण रुपमा कोरोना भाइरस नियन्त्रणमा आउन सकेको छैन । तर, कोरोना नियन्त्रणमा स्पेन विस्तारै सफल हुन लागेको अधिकारीहरुले बताएका छन् । ला लिगा गत मार्च २३ बाट स्थगित रहेको छ ।

ला लिगाका ११ खेल बाँकी रहेका छन् । बार्सिलोना शिर्षस्थानमा रहेको छ भने रियल मड्रिड २ अंकले पछि परेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय