scheduleसोमवार आषाढ़ २२ गते, २०७७

वायर्न म्युनिखले फ्रान्कफर्टविरुद्ध पाँच गोल हान्यो

काठमाडौँ, ११ जेठ । जर्मन बुन्डेस लिगामा वायर्न म्युनिखले फ्रान्कफर्टलाई ५-२ गोलले पराजित गर्दै प्रभावशाली जित हात पार्न सफल भएको छ । वायर्नका लागि लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरेका थिए ।

त्यस्तै व्याक टु व्याक फर्ममा देखिएको वायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो ।

त्यस्तै वायर्नविरुद्ध खेलमा फर्कन बारम्बार प्रयास गरेको फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले गरेका थिए ।

बायर्नका लागि खेलको १७ औं मिनेटमा गोर्टेज्काले गोल गरे । खेलको ४१ औं मिनेटमा मुलरले गोल गरे ।

लेवान्डोस्कीले खेलको ४६ औं मिनेटमा गोल गरे । खेलको ५२ औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले गोल एक गोल फर्काए । खेलमा फर्कन हरसम्भव प्रयास गरेको फ्रान्कफर्टले ३-२ को स्थितिमा ल्याए ।

वायर्नका लागि खेलको ६१ औं मिनेटमा डेभिसले गोल गरे । खेलको ७४ औं मिनेटमा मार्टिनले आत्मघाती गोल गरे ।

शिर्षस्थानमा रहेको वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५७ अंक रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय