scheduleसोमवार आश्विन ५ गते, २०७७

प्रिमियर लिगः दुई क्लबका दुई जना कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, ११ जेठ । प्रिमियर लिग क्लबका दुई जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । केही दिन अगाडि उनीहरुको कोरोना परीक्षण भएको थियो परीक्षणको रिपोर्ट आएसँगै उनीहरु संक्रमित भएको पुष्टि भएको हो । दुई क्लबका एकएक जना संक्रमित भएका हुन् ।

प्रिमियर लिगमा मंगलबार, बिहिबार र शुक्रबार ९ सय ९६ खेलाडी तथा क्लब स्टाफको कोरोना परीक्षण भएको थियो ।

संक्रमित भएको पुष्टि भएसँगै खेलाडी र स्टाफलाई आइसोलेशनमा राखेर उपचार गर्न थालिएको बताइएको छ ।

गएको मंगलबारदेखि खेलाडीहरुले व्यक्तिगत अभ्यास सुरु गरिसकेका छन् ।

मार्चदेखि स्थगित रहेको प्रिमियर लिग जुन महिनादेखि सुचारु गर्ने तयारी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय