scheduleआइतवार आश्विन ११ गते, २०७७

कोरोना भाइरसका कारण विश्वभर ११७ जना नेपालीको मृत्यु

काठमाडौँ, ११ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना भाइरसका कारण विश्वभर विभिन्न देशमा रहेका ११७ जना नेपालीको मृत्यु भएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

एनआरएनएले सार्वजनिक गरेको तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो ।

बेलायतमा सबैभन्दा बढी नेपालीको ज्यान गएको छ । बेलायतमा मात्रै ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितमध्ये १६ जना नेपालीको मृत्यु भएको छ । साउदी अरेबियामा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय