scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौँ, ११ जेठ । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेका महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

बा८५प ५६६ र बा ९१ प ११८८ नंको मोटरसाइकल ठाेक्किएर दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय