scheduleमगलवार आषाढ़ २३ गते, २०७७

अमेरिकाः एक दिनमै ११२७ नागरिकको मृत्यू, गल्फ खेल्दै राष्ट्रपति ट्रम्प

वासिङ्गटन, ११ जेठ । अमेरिकामा कोरोना महामारीका कारण ९८ हजार ६८३ मानिसको मृत्यू भएको छ । अमेरिकाको सबैभन्दा प्रभावित न्यूयोर्कमा २४ घण्६ामा ८४ मानिसको मृत्यू भएको छ ।

यहाँ मार्चपछि पहिलोपटक एक दिनमै मृत्यू हुनेको संख्या १०० भन्दा कम देखिएको छ । देशभरीमा २४ घण्टामा ११२७ जनाको मृत्यू भएको छ ।

त्यस्तै संक्रमितिको तथ्यांक १६ लाख ६६ हजार ८२८ पुगेको छ । न्यूयोर्कमा अब संक्रमण र मृत्यूको संख्या बिस्तारै घट्न थालेको छ । यहाँ अहिलेसम्म ३ लाख ६९ हजार ६५६ जना संक्रमित भेटिएका छन्, जसमध्ये २९ हजार ११२ जनाको मृत्यू भइसकेको छ ।

महामारीका कारण जनताले ज्यान गुमाइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् । उनी ७५ दिनपछि पहिलोपटक आफ्नो निजी गल्फ कोर्समा गल्फ खेल्न पुगे ।

यसक्रममा उनीसँगै रहेका जासुसी संयन्त्रका एजेन्टले मास्क लगाइदिएका थिए । तर, राष्ट्रपति बिना मास्क देखिए । महामारीको बीचमा गल्फ खेल्न गएको भनेर उनको जनस्तरमा आलोचना बढिरहेको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय