scheduleआइतवार आषाढ़ २८ गते, २०७७

कोरोनाको कहरः २४ घण्टामा १ लाख ९ हजार संक्रमित, अत्यधिक प्रभावित १० देशको अपडेट


काठमाडौं, ११ जेठ । विश्व स्वास्थ्य संगठनका अनुसार बितेको २४ घण्टामा कोभिड-१९ को संक्रमणका कारण १ लाख ९ हजार मानिसमा संक्रमण देखिएको छ भने ५६ सय मानिसको मृत्यू भएको छ ।

उत्तर र दक्षिण अमेरिकामा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमणका घटना देखिएका छन् । त्यस्तै युरोपमा १ लाख मृतकको संख्या १ लाख ७३ हजार पुगेको छ ।

संसारमा अहिलेसम्म ५४ लाख २० हजार ६३७ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३ लाख ४४ हजार २५६ मानिसको मृत्यू भएको छ भने २२ लाख ५५ हजार मानिस कोरोना मुक्त भइसकेका छन् ।

कोरोना भाइरस : १० सबैभन्दा बढी प्रभावित देशको अपडेट

देशको नाम  संक्रमितमृत्यू निको हुनेको संख्या 
अमेरिका१६,६६,८२९९८,६८३४,४६,९२७
ब्राजिल३,४९,११३२२,१६५१,४२,५८७
रूस३,४४,४८१३,५४११,१३,२९९
स्पेन२,८२,३७०२८,६७८१,९६,९५८
बेलायत२,५७,१५४३६,६७५उपलब्ध छैन
इटली२,२९,३२७३२,७३५१,३८,८४०
फ्रान्स१,८२,४६९२८,३३२६४,५४७
जर्मनी१,७९,९८६८,३६६१,६०,३००
टर्की१,५५,६८६४,३०८१,१७,६०२
ईरान१,३३,५२१७,३५९१,०४,०७२

स्रोतः https://www.worldometers.info/coronavirus/ 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय