scheduleसोमवार आषाढ़ २९ गते, २०७७

क्वारेन्टाइन कमसल भएपछि चिल्लीमा सरकारविरुद्ध प्रदर्शन

एजेन्सी, ११ जेठ । चिलीमा कोरोना संक्रमितको संख्या ६५ हजार ३९३ पुगेको छ । त्यहाँ ६७२३ जनाको मृत्यू भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार ३२३७ नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । त्यसमध्ये २९९ जनामा कुनै लक्षण नै देखिएको थिएन ।

चिलीमा मार्चमा पहिलो संक्रमित भेटिएका थिए । त्यहाँ यसबीचमा ४ लाख ५७ हजार ३३२ परीक्षण सम्पन्न गरिएको छ ।

यसैबीच, सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा बसेका नागरिकलाई सरकारले कुनै सहयोग नगरेको, क्वारेन्टाइन सुविधाजनक नभएको भन्दै त्यहाँ नागरिकले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा ढुंगामुढा समेत भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय