scheduleआइतवार आषाढ़ २८ गते, २०७७

चीनमा ३९ नयाँ संक्रमित भेटिए, ३६ जना लक्षणबिनाका बिरामी


बेइजिङ, ११ जेठ । कोरोना संकटको मुहान मानिने गरिएको चीनमा पुनः नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार चीनमा नयाँ ३९ जनामा संक्रमण भेटिएको छ जसमध्ये ३६ नामा कुनै लक्षण छैन । यीमध्ये धेरै वुहानबाट छन् ।

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अनुसार ३६ बिना लक्षणका साथै अन्य तीन कोरवना संक्रमित भेटिएका हुन् । तीनमध्ये एक स्थानीय हुन् भने दुईजना विदेशबाट फर्किएका नागरिक हुन् ।

आयोगका अनुसार संक्रमण छिटपुट घटनाहरु जिलिन प्रान्तबाट आइरहेका छन् । त्यहाँ बाहिरबाट दुई बिरामी देखिएका छन् । तीमध्ये एक शांघाई र अर्को ग्वांगदोङ्ग प्रान्तका हुन् ।

एनएचसीका अनुसार लक्षण नदेखिएका ३६ जनामध्ये ३० जना हुबेई प्रान्तका र त्यसको राजधानी वुहानका मानिस हुन् ।

आयोगका अनुसार अहिले चीनमा ३७१ जना मानिस आइसोलेसनमा छन् जसमा कुनै लक्षण छैन । यीमध्ये २९७ जना हुबेई प्रान्तबाट हुन् ।

चीनमा शनिबारसम्म कोरोनाबाट ८२,९७४ जना संक्रमित पुगेका छन् । त्यहाँ अहिलेसम्म ४,६३४ जनाको मृत्यू भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय