scheduleआइतवार आश्विन ११ गते, २०७७

सदरखोर जेलमा झडप, केही कैदी घाइते

फाइल फोटो

काठमाडौं, ११ जेठ । काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा झडप भएको छ ।

चौकीदार राख्ने विषय र कारागारको क्यान्टिनले सामान छाडेको भन्दै बन्दीहरुबीच झडप हुँदा केही कैदी घाइते समेत भएका छन् । कैदीबन्दीबीच झडप हुँदा कारगारभित्रका सबै सामान तोडफोड भएका छन् ।

लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारले जनाएको छ । प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए ।

कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय