scheduleमगलवार आषाढ़ २३ गते, २०७७

सिटी एक्सप्रेस मनी ट्रान्सफरका कर्मचारीलाई कोरोना बीमा

काठमाडौं, ११ जेठ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ । यस्तो विषम परिस्थितिमा विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तररुपमा सेवा प्रदान गर्नुपरिरहेकोले सबै कर्मचारीहरुलाई कोरोना बीमाको व्यवस्था गरिएको कम्पनिले जनाएको छ ।

निरन्तररुपमा कोभिड-१९ सम्बन्धि सुरक्षण विधि अपनाएर दैनिक कार्यमा खटिरहेका कर्मचारीको हितलाई ध्यानमा राखेर सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको जानकारी दिएको छ ।

लकडाउनको समयमा प्रायः सबै कम्पनिका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुँदा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आवश्यक कर्मचारीहरुमार्फत् कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ ।

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्टहरुमार्फत् भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय