scheduleमगलवार आषाढ़ ३० गते, २०७७

थप १९ जना कोरोना संक्रमित भेटिए, ४२ जिल्लामा ६०३ संक्रमित


काठमाडौं, ११ जेठ । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौं, कपिलवस्तु, गुल्मी र नुवाकोटकामा नयाँ बिरामी भेटिएसँगै संक्रमितको संख्या ६०३ पुगेको हो । काठमाडौंका संक्रमित सोह्रखुट्टेका हुन् ।

यीमध्ये ५२४ जना पुरुष र ७९ जना महिला छन् । अहिलेसम्म ४२ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नुवाकोट कोरोना देखिएको नयाँ जिल्ला हो ।

आज नै नारायणी प्रदेशिक अस्पतालबाट ७ जना व्यक्ति कोरोना मुक्त भएर भएका छन्। अहिलेसम्म जम्मा ८७ जना कोरोना निको भएर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय