scheduleसोमवार आषाढ़ २९ गते, २०७७

नरैनापुरमा आइतबार राति ८ बजेबाट सेना परिचालनसहितको निषेधाज्ञा


बाँके, ११ जेठ । कोरोना संक्रमणको हटस्पट बनिरहेको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट सेना परिचालनसहितको निषेधाज्ञा जारी गरिएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित रहेका छन् ।

नेपालमा ३ जनाको कोरोनाबाट मृत्यू भएकोमा एक नरैनापुरकै हुन् । गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित पुगिसकेका छन् ।

भारतबाट आएकाहरुमा संक्रमित देखिएको र अवस्था नियन्त्रणबाहिर गएपछि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारको सहयोग मागेको थियो । गाउँमा आतंक फैलिएको, क्वारेन्टिनको लागि बजेट अभाव भएको, स्वास्थ्यकर्मीको अभाव रहेको लगायतका समस्या गाउँपालिकाले भोगिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय