scheduleमगलवार आषाढ़ ३० गते, २०७७

४२ जिल्ला फैलियो कोरोना, कुन जिल्लामा कति ? (पूर्ण विवरणसहित)

काठमाडौं, ११ जेठ । नेपालका ७७ जिल्ला मध्य कोरोना संक्रमण ४२ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नुवाकोटमा पनि कोरोना संक्रमित भेटिएसँगै कोराना संक्रमण पुगेको जिल्ला ४२ वटा पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले आइतवार थप १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उल्लेख गरेसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६०३ जना पुगेको छ । सङ्क्रमितमध्ये ५२४ पुरुष र ७९ महिला रहेको बताइएको छ ।

सङ्क्रमण देखिएका मध्ये ८७ निको भएर घर फर्किएका छन् । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म ४८ हजार ८ सय १५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको जानकारी दिए । त्यस्तै ९० हजार भन्दा बढिको आरडीटी विधिबाट परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाले ३९ हजार भन्दा बढी व्यक्ति क्वारन्टाइनमा रहेको जानकारी पनि दिए ।

मन्त्रालयले हाल आइसोलेशनमा रहेका मध्ये ५१३ जना सङ्क्रमित रहेको बताएको छ ।

प्रदेशअनुसार विवरण हेर्नुहोस्-

हेर्नुहोस् जिल्लाहरुमा कोरोना संक्रमणको अवस्था-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय