scheduleसोमवार आषाढ़ २९ गते, २०७७

बाँकेको नरैनापुरमा निषेधाज्ञा जारी, सेना परिचालन

नेपालगन्ज, ११ जेठ । बाँकेको नरैनापुरमा निषेधाज्ञा गरिएको छ । निषेधित क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति ८ बजेदेखि लागू हुने गरी नरैनापुर गाउँपालिकाको सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने जिल्ला सुरक्षा समितिको बैठकले यसअघि निर्णय गरेको थियो ।

संक्रमित व्यक्तिलाई आइसोलेसनमा ल्याउन खोज्दा संक्रमित र स्थानीयले विरोध प्रदर्शन गरेर समुदायमा पनि कोरोना फैलिने खतरा रहेकाले सेना परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको समितिले जनाएको छ ।

पहिले क्वारेन्टाइन सिल गरिएको, त्यसपछि गाउँपालिका पूरै सिल गरिएको र सिलले मात्र नभएपछि निषेधाज्ञा नै घोषणा गर्नुपरेको समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

मेजर सुरेशकुमार स्वाँरको कमाण्डमा ४० जना सेना रहने गरी आइतबार अपरान्हदेखि नै नरैनापुरमा नेपाली सेनाको अस्थायी वेस क्याम्प स्थापना गरिएको नेपालगन्जको राँझास्थित नेपाली सेनाको भैरवप्रसाद गणका गणपति नकुल थापाको भनाई छ ।

सुरक्षा समितिले नरैनापुरमा चिकित्सकसहितको टोली खटाउने निर्णय पनि गरेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय