scheduleसोमवार आषाढ़ २९ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, एकैदिन ६१७ जनाभन्दा बढीको मृत्यु

काठमाडौँ, १२ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ६१७ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ९९ हजार ३०० पुगेको छ ।

त्यस्तै आइतबार झण्डै १९ हजार संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १६ लाख ८६ हजारभन्दा बढी पुगेको छ ।

४ लाख ५१ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १७ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

महामारीका कारण जनताले ज्यान गुमाइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् । उनी ७५ दिनपछि पहिलोपटक आफ्नो निजी गल्फ कोर्समा गल्फ खेल्न पुगे ।

यसक्रममा उनीसँगै रहेका जासुसी संयन्त्रका एजेन्टले मास्क लगाइदिएका थिए । तर, राष्ट्रपति बिना मास्क देखिए । महामारीको बीचमा गल्फ खेल्न गएको भनेर उनको जनस्तरमा आलोचना बढिरहेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय