scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

भारतमा कोरोना कहर, मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौँ, १२ जेठ । भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेसँगै मृतकको संख्या पनि दिनहुँ बढेको छ । कोरोनाका कारण हालसम्म भारतमा ४ हजार २४ जनाको मृत्यु भएको छ । आइतबारमात्रै भारतमा कोरोनाका कारण १५६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै आइतबारमात्रै ७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ ।

संक्रमितमध्ये ५७ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।

त्यस्तै लामो समयदेखि भारतमा लकडाउनको अवस्था रहेको छ । लकडाउनका कारण भारतमा सबैभन्दा ठुलो मारमा मजदुरहरु परेका छन् । उनीहरुलाई राहत प्याकेज घोषणा गरेतापनि उनीहरुले सहज रुपमा पाउन नसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय