scheduleसोमवार आश्विन ५ गते, २०७७

साल्केको नमिठो हार

काठमाडौँ, १२ जेठ । गएराति भएको जर्मन बुन्डेसलिगामा साल्के आउग्सबर्गसँग ३-० गोलले पराजित भएको छ । आउग्सबर्गलाई जित दिलाउन एडुवार्ड लोविन, सरेनरेन बाजी र सर्जियो कोर्डोभाले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा आउग्सवर्गका लागि एडुवार्डको गोल गर्दै अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा बाजीले गोल गरे । खेलको ९० औं मिनेटमा सर्जियोले गोल गरे ।

यो जितसँगै आउग्सबर्ग ३० अंकका साथ लिगको १२ औं स्थानमा उक्लिएको छ । साल्केको ३७ अंक रहेको छ । साल्के लिगको आठौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय