scheduleसोमवार आषाढ़ २२ गते, २०७७

हल सिटीका दुई जना खेलाडी कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, १२ जेठ । इंङ्ल्याण्डको च्याम्पियनसिप क्लब हल सिटीका दुई जना खेलाडी कोरोना भाइरससँग संक्रमित भएका छन् । केही दिन अगाडि भएको परीक्षणमा उनीहरु कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो ।

एक हजारभन्दा बढी खेलाडीको कोरोना परीक्षण भएको थियो । हल सिटीका दुई जना संक्रमित भएको पुष्टि भएसँगै उनीहरुलाई आइसोलेशनमा राखेर उपचार गरिन लागिएको मिडिया रिपोर्टमा उल्लेख छ । खेलाडीबारे अन्य विवरण दिइएको छैन ।

यसअघि प्रिमियर लिगका ६ खेलाडीमा कोरोना देखिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय