scheduleसोमवार आश्विन ५ गते, २०७७

फिलिपिन्हो कोटिन्हो आर्सनल आउन सक्ने !

 

काठमाडौँ, १२ जेठ । यस सिजनको अन्त्यसँगै फिलिपिन्हो कोटिन्हो बार्सिलोना फर्किदैछन् । बायर्न म्युनिखमा लोनमा रहेका उनी बार्सिलोना फर्कने तयारीमा रहेका छन् । बार्सिलोनाले चाहे जस्तो खेल प्रदर्शन गर्न नसकेपछि उनलाई बायर्नमा लोनामा पठाइएको थियो ।

बायर्नले पनि उनको महँगो तलबका कारण लामो समय निरन्तरता दिन नसक्ने बताएपछि उनी फर्कन लागेका हुन् । तर, उनी बार्सिलोना फर्कनभन्दा पनि अन्य क्लब जान तयार रहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार आर्सनलले उनलाई अनुबन्ध गर्न चाहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनी आर्सनलका लागि फिट रहेको र प्रशिक्षक माइकल आर्टेटा पनि उनलाई अनुबन्ध गर्न उत्तिकै उत्सुक रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय