scheduleमगलवार आषाढ़ २३ गते, २०७७

ब्राजिल पुगेका विदेशीहरुलाई अमेरिकी प्रवेशमा रोक !

काठमाडौँ, १२ जेठ । पछिल्लो १४ दिनमा ब्राजिल पुगेकाहरु विदेशीलाई अमेरिकाले आफ्नो देश प्रवेशमा रोक लगाउने भएको छ । ब्राजिलमा रहेका गैरअमेरिकी नागरिकहरुलाई ट्रम्प प्रशासनले अमेरिका प्रवेशमा रोक लगाएको हो । अमेरिकाले जारी गरेको पछिल्लो निर्णय अनुसार यो निर्णय २८ मेदेखि लागु हुनेछ ।

अमेरिकामा कोही पनि कोरोना संक्रमित प्रवेश नगरुन् भन्ने हेतुले यस्तो निर्णय लिएको बताइएको छ ।

तर, यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिकहरुमा लागु नहुने बताइएको छ । कोरोना भाइरसका कारण पछिल्लो समय ब्राजिलमा भयावह स्थिति रहेको छ । अमेरिकापछि ब्राजिलमा कोरोनाले वितण्डा मच्चाइरहेको छ ।

ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन ७०३ जनाभन्दा बढी संक्रिमतको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म २२ हजार ७१६ जनाभन्दा बढी संक्रमितको ज्यान गएको छ ।

त्यस्तै संक्रमितको संख्या ३ लाख ६३ हजारभन्दा बढी पुगेको छ । आइतबारमात्रै १६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै एक लाख १ लाख ४९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय