scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसका थप ७२ जना विरामी थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३७ जना, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २१ जना, भेरी अस्पताल नेपालगंजमा ५ जना र प्रदेश अस्पताल सुर्खेतमा परीक्षणणका क्रममा २ जना गरी थप ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय